१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान जारी भएसँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भयो : अध्यक्ष ओली  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन्। संविधान दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानसँगै मुलुकमा वास्तविक रूपमा लोकतन्त्रको  अनुभूत भएको बताएका छन्।

‘तत्कालीन समयमा संविधान जारी नगर्न दिइएका दबाबलाई पराजित गरेर संविधान जारी गरिएको थियो,’ उनले भने, ‘संविधानसभाबाट संविधान ल्याउन नेपाली जनताले विभिन्न संघर्ष र आन्दोलनहरू गर्नुपर्‍याे । जनताले चाहिँ गलत गरेका थिएनन् भन्ने पुष्टि गरेको छ।’

अध्यक्ष ओलीले उचित संघर्ष र आन्दोलनलाई संविधानले सम्बोधन गरेको बताए। यससँगै राजनीतिक परिवर्तनका लागि हिंसात्मक आन्दोलन नै अनिवार्य सर्त नभएको जनआन्दोलनले सन्देश दिएको उनको भनाइ थियो। ‘एउटा ठूलो विवादको विषय थियो, हिंसा आन्दोलनको अनिवार्य सर्त हो कि होइन भन्ने। संविधान जारी भएसँगै हिंसा आवश्यक छैन र स्वीकार्य हुँदैन भन्ने स्पष्ट भएको छ,’ उनले भने।

संविधानले भेदभाव, पक्षपात, दमन र असमानतालाई सम्बोधन गरेको उनले बताए। ‘संविधान जारी भएसँगै केन्द्रीकृत शासन प्रणालीलाई चुनौती दिएको र अन्त्य गरेको  छ। यसले वास्तविक रूपमा लोकतन्त्रको स्थापना गरेको छ,’ ओलीले भने। 

उनले संविधान कार्यान्वयन गर्ने व्यक्तिमा कमजोरी देखिए पनि संविधानमा भने कमजोरी नरहेको दाबी गरे। उनले मौलिक  हकमार्फत नयाँ संविधानले वास्तविक मानव अधिकारको जग बसालेको तर्क गरे। संविधान मुलुकको ठूलो उपलब्धि, आन्दोलनको सफलताको दस्ताबेज, जनताको आकांक्षाको दस्ताबेज  भएको उनको भनाइ छ। 

अध्यक्ष ओलीले यी सबै काममा एमालेले नेतृत्वदायी भूमिका खेलेको र चुनौती सामना गरेको बताए। उनले नाकाबन्दी र भूकम्पको सामना गर्दै तत्कालीन समयमा संविधान जारी गरिएको स्मरण गरे।