१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साहस ऊर्जा र बुद्धभूमि हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

असोज ६ गतेदेखि साहस ऊर्जा कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ। जारी गरिने आइपिओमध्ये तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र दुई लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसबाहेक ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँड गरिनेछ।

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरले  असोज ११ गतेदेखि आइपिओ निष्कासन गर्नेछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका दरले कुल आठ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। निष्कासन हुन लागेको सेयरमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ निष्कासन बन्द १४ र १५ गते हुनेछ। सो अवधिसम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ। यो कम्पनीले यसअघि साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आइपिओ निष्कासन गरेको थियो। त्यतिवेला एक सय रुपैयाँ अंकित दरका कुल चार लाख कित्ताबराबरको आइपिओ निष्कासन गरिएको थियो। हाल यो योजनाको लागत प्रतिमेगावाट २३.८ करोड रुपैयाँ रहेको छ।