१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज–डोल्पा हवाई भाडा समायोजन गर्न माग गर्दै बाँकेका सिडिओलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५४:oo

हिमाली जिल्ला डोल्पाका युवाले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन्। निजी विमान सेवा प्रदायक कम्पनीहरूले नेपालगन्ज–डोल्पाको चर्को हवाई भाडा उठाएपछि भाडा समायोजनको माग गर्दै युवाहरूले ज्ञापनपत्र बुझाएका हुन्।

डोल्पासम्म पुग्न सडकको राम्रो सुविधा नहुँदा यहाँका नागरिकसँग हवाई सेवा प्रयोग गर्नुको विकल्प छैन। दुर्गम क्षेत्रका नागरिकको बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै एयरलाइन्सहरूले चर्को भाडा उठाइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि डोल्पा–नेपालगन्ज भाडा पाँच हजार तीन सय मात्रै रहेकोमा कोरोनाको दोस्रो लहरपछि एयरलाइन्सहरूले विनासूचना मनोमानी रूपमा भाडा बढाएर आठ हजार पाँच सय पुर्‍याएका छन्। आमडोल्पाली नागरिक यति महँगो भाडा तिर्न नसक्ने भन्दै युवाहरूले तुरुन्त पुरानै भाडा दर कायम गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले भाडा घटाउन आफू सकारात्मक रहेको उल्लेख गर्दै एक हप्ताभित्रै पहल गर्ने आश्वासन दिएका छन्।

डोल्पाको जुफाल एयरपोर्टमा तारा, समिटलगायतका एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्।