मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मानदत्त रावल काठमाडाैं
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जथाभावी खनिएका सडकले बाढीपहिरो, गाउँबस्ती जोखिममा

Read Time : < 1 मिनेट
मानदत्त रावल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

जुम्लाको विमानस्थल हुँदै पूर्वीभेग पातारासी गाउँपालिका, उर्थुचौतारा  जाने सडक खण्डको चन्दननाथ नगरपालिका–१ रानारावत गाउँका १२ घर जोखिममा परेका छन्। प्राविधिक अध्ययनविना नै खनिएका सडकले जोखिम निम्त्याएपछि स्थानीय चिन्तित छन् ।

जुम्लाका विभिन्न ठाउँमा वर्षायाममा बाढीपहिरोले ठूलो धनजनको क्षति गरेको छ। गाउँगाउँमा जताततै खनिएका सडकले यतिवेला सर्वसाधारणले दुःख भोगिरहेका छन्। जथाभावी निर्माण गरिएको सडकका कारण पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिका–१ का स्थानीय अमृतकृष्ण आचार्यले बताए। उनले भने, ‘यसै पनि हिमाली क्षेत्रमा भिरालो भूवनोट, त्यसमाथि जमिन नै हलचल हुने गरी अध्ययन विनायोजना डोजर चलाउँदा यस्तो समस्या भएको हो ।’

रानारावत गाउँभन्दा माथि घर नै नभए पनि जिल्लाका केही नेता, कार्यकर्ताको स्याउको बगैँचामा सडक पुर्‍याउनकै लागि जताततै सडक खनिएको स्थानीयको भनाइ छ। भूगोलको अध्ययन र प्राविधिक नापजाँचविना स्काभेटर चलाउनुको परिणाम मनसुन सक्रिय भएसँगै देखिने गरेको छ।

एक महिनादेखि विद्युत अवरुद्ध
उर्थुचौतारा सडक खण्डको रानारावत गाउँमा जमिन भासिँदा ठिन्के जलविद्युत् आयोजनाको कुलो भत्किएको छ। यसले चन्दननाथ नगरपालिएकाको १ र ५ वडासम्मको  विद्युत सेवा एक महिनादेखि  अवरुद्ध भएको छ। आयोजनाको कुलो कम्तीमा ३५ मिटर भत्किएको जलविद्युत आयोजनाका अध्यक्ष विष्णुबहादुर बुढथापाले बताए। रानारावत गाउँका  १२ घर परिवारको खाने पानीट्यांकीमा समेत पानी परेपछि नियमितजसो बाढी पस्ने गरेको छ।

रानारावत गाउँमाथिको जमिन समेत चर्केको छ । यस ठाउँमा पहिरो गएको खण्डमा पावरहाउस नै भत्किने सम्भावना छ। सरकारले निर्माण गर्ने सडक ठेक्का प्रक्रियाबाट निर्माण हुने भए पनि स्थानीय तहमा उपभोक्ता समितिमार्फत बनाइन्छ । स्थानीय नेता कार्यकर्ताको भरमा विनाअध्ययन जताभावी डोजर चलाइदिँदा बाढीपहिरो र भूक्षयको जोखिम बढेको छ।