मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २ शनिबार
  • Tuesday, 15 July, 2025
२o७८ असोज २ शनिबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नोटसहित दुई भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २ शनिबार ११:४६:oo

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने २२ वर्षीय पिन्टुकुमार राय र सोही ठाउँ बस्ने १२ वर्षीय रितेशकुमार सिंह रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
    
गए राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट एक हजारका २२ थान, पाँच सयका तीन थान, सयको २७ थान, ५० रुपैयाँको छ थान, २० को आठ थान, १० को ११ थान, पाँचको ६ थान र भारु सयको तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।