मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीलाई राजनीतीकरण गर्नुहुँदैन : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने  बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए। उनले मुलुकमा  दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए।

फरक प्रसंगमा मन्त्री कार्कीले एमसिसी विकास परियोजना भएको भन्दै उनले यसलाई राजनीतीकरण गर्न नहुने उल्लेख गरे।  नेपालको इतिहासमा पहिलोपटक आएको ठूलो अनुदान फर्केर जान सक्ने भन्दै उनले त्यसबाट पर्न सक्ने असरबारे  बुझ्नुपर्नेमा जोड दिए। रासस