मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एकहप्ते अल्टिमेटमसहित पर्यटनसम्बद्ध संस्थाहरूको सरकारसँग पाँचबुँदे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

कोरोना महामारीका कारण प्रभावित बनेका पर्यटनसम्बद्ध संस्था र सरोकारवालाहरूले सरकारसँग पाँचबुँदे माग राखेका छन् । महामारीका कारण पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले क्वारेन्टाइन हटाउनुपर्नेलगायतका माग राखेका छन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजनामा बिहीबार पर्यटनसम्बद्ध छाता संगठनका अध्यक्षहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सरोकारवालाहरूले कोरोना खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी  ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने, भारतसँगको सीमा नाका तत्काल खोल्नुपर्ने, नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा लागू गर्नुपर्ने, सिसिएमसीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई दिनुपर्ने, नेपाललाई ट्राभल एड्भाइजरीको ‘रेडजोन’बाट हटाउन पहल गर्नुपर्नेलगायत माग राखेका छन् ।

माग पूरा गर्ने उनीहरूले एकहप्ते अल्टिमेटम दिएका छन् । माग सम्बोधन नभए अर्को हप्ताबाट सडक आन्दोलन थाल्ने उनीहरूले चेतावनी दिएका छन् । बैठकमा नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, टानका अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल माउन्टेरिएन एसोसियसन (एनएमए)का अध्यक्ष सन्तवीर लामा, होटल एसोसियसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीसहित नारा, सोट्टो, एनटिभिए, टिबान, पाटा, नाटोलगायतका संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।