मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आशनग्रहणमा अघिपछि पर्दा पनि गुट बने : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा गुटबन्दीको महारोग रहेको बताएका छन्। एमाले काठमाडौं जिल्लाको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले गुटबन्दीको महारोगबाट पार्टीलाई मुक्त गर्नुपर्ने बताए।  ‘पार्टीमा पद पाएन भने गुटबन्दी। आशनग्रहण गर्दा अघिपछि भयो भने गुटबन्दी,’ उनले भने, ‘अहिले त मूल्यांकन भएन भन्ने पार्टीमा थेगोजस्तै भएको छ।’ 

वडाध्यक्षमा त टिकट दिइएन–दिइएन, राष्ट्रिय सभामा किन टिकट पाइनँ भन्दै प्रश्न गर्ने साथीहरूसमेत रहेको उनले बताए। जे कुरामा पनि गुनासो मात्रै गरेर पार्टी नबन्ने उनले बताए। विशेष अवस्थामा बाहेक एक व्यक्तिलाई एक ठाउँमा मात्र जिम्मेवारी दिनुपर्ने उनले प्रस्ट पारे।  कम्युनिस्ट आदर्शअनुसार जीवनशैली भएन भने त्यो पार्टी सकिने उनले बताए। कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई जनताले पब्लिक अडिट गर्ने हुँदा त्यहीअनुसार जीवनशैली बनाउन उनले आग्रह गरे।  पार्टी विधिसम्मत रूपमा अघि बढ्न सकेन भने दुर्घटना आउने पोखरेलको भनाइ छ। संगठनात्मक अराजकताविरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।