मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा आर्केस्ट्रामा रोक, अवज्ञा गरे आयोजक र कलाकारलाई नियन्त्रणमा लिन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

महोत्तरीमा विगत केही दिनदेखिको विभिन्न पूजामा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाचकै क्रममा कुटपिट र झैझगडा हुनेलगायतका आपराधिक घटनाहरू भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ।

कार्यालयका एसपी दिनेश आचार्यले उनले आफ्नोमातहतमा सर्कुलर जारी गर्दै आ–आफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन्। साथै कार्यक्रम रोक्ने नमाने आयोजक र कलाकारसमेतलाई नियन्त्रणमा लिन भनेका छन्।

दोहोरो अर्थ लाग्ने अश्लील नृत्य र गीतहरूले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागुऔषध सेवन गर्ने क्रम बढेपछि उनले त्यस्ता कार्यक्रममा रोक लगाएको बताए। सुरुमा सांस्कृतिक कार्यक्रम भनिए पनि ती कार्यक्रमहरूमध्ये अधिकांश सांस्कृतिक नभई संस्कृति र समाज बिगार्ने खालका हुने गरेकाले त्यस्ता कार्यक्रम रोक्नुको विकल्प नरहेको एसपी आचार्यले बताए । महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरूमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जानेमा लागुऔषध सेवनकर्ता युवाको संलग्नता रहेको भेटिएको पनि उनले बताए।

पछिल्लो समय मटिहानीमा यस्तै कार्यक्रम हुँदा केही युवाहरू कुटिएका थिए भने सोपछि नेपालको सीमासँगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कँदै गरेका केही युवामाथि सांघातिक हमला भएको थियो।

भारतकै भूमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभए पनि आफ्नोतर्फ भने आपत्तिजनक नाचगान रोक्न प्रयास भएको एसपी आचार्यको भनाइ छ। गाउँ–समाज बिगार्ने तथा दुर्घटना र अपराध बढाउने यस्ता कार्यक्रमले मनोरञ्जनको ठाउँमा अश्लीलता पस्कने गरेका छन्।