१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

 गुणस्तरीय शिक्षामा ध्यान दिऔँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने वेला आएको बताएका छन् । ललितपुरको लगनखेलस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्मित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले भूकम्पपछिको पुनर्निर्माणका क्रममा विद्यालयहरूको भौतिक सुधारपछि गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका हुन् ।

‘भूकम्पबाट क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये ६ हजार ६ सय ४४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने विश्वास लिएको छु,’ देउवाले भने । उनले सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र भविष्यमा थप कार्यक्रम ल्याउने जानकारी पनि दिए ।

ad
ad