१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रयासरत छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयहरूको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि बताए।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहे पनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए। प्रधानमन्त्री देउवाले ०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अबको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वाससमेत व्यक्त गरे।

उनले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ। ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ति आजको आवश्यकता हो। यस अभियानमा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु। सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरू सुचारु गर्ने नै छ। विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहे तापनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरूसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिविहीन बालबालिकाहरूको पठनपाठन गराउँदै आएकोमा खुसीसमेत व्यक्त गरे। कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रूपले सञ्चालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रूपले अघि बढाइरहेको दाबी  गरिन्।