मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले टुंग्यायो १० जिल्लाको क्रियाशील सदस्यता विवाद, १० जिल्लामा विवाद कायमै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

नेपाली कांग्रेसले १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विवाद रहेका २० मध्ये १० जिल्लाको विवाद समाधान गरेर सदस्यता प्रिन्ट गरिसकिएको छ।

यसरी विवाद टुंगिएका जिल्लाहरुमा काठमाडौं, मोरङ, सिराहा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा, महोत्तरी र कैलाली जिल्ला रहेका छन्। बाँकी १० जिल्लाको भने आज साँझसम्म टुंग्याउने तयारी भइरहेको मुख्य सचिव पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए। 

‘१० जिल्लाको विवाद टुंग्याएर सदस्यता प्रिन्ट गरिसकेका छौँ। विवरण सार्वजनिक भने भइसकेको छैन,’ उनले भने, ‘बाँकी जिल्लाको पनि सम्भवतः आज साँझसम्म सकिन्छ।’  टुंगिन बाँकी जिल्लाको पनि केही स्थानमा मात्र विवाद रहेकाले आज साँझसम्म विवरण सार्वजनिक गर्ने गरी काम भइरहेको पौडेलले जानकारी दिए।

‘जस्तो रौतहट जिल्ला नटुंगिएकोमा राखिएको छ। त्यसमा चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र टुंगिसकेको छ। धनुषाको ३ क्षेत्र टुंगिएको छ। एउटा क्षेत्र बाँकी छ। निर्वाचन समितिले सबै जिल्लाको टुंग्याएर ल्याउनु भनेकाले सम्भवतः आज साँझसम्म सबै जिल्लाको टुंगिन्छ,’ पौडेलले भने। 

यसअघि २१ जिल्लाको विवरण बाँकी रहेकोमा सभापति शेरबहादुर देउवाको गृहजिल्लाा डडेल्धुरामा केन्द्रीय नेता र जिल्लामै बहिष्कारका बीच वडा अधिवेशन गरिएको थियो। कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसलाई अमान्य घोषणा गरेको छ। पौडेल पक्षले क्रियाशील सदस्यता सार्वजनिक गरेर फेरि निर्वाचन गराउन माग गर्दै आएको छ। मुख्य सचिव पौडेलले डडेल्धुराको निर्वाचन सम्पन्न भइसकेकाले क्रियाशीलको विषय बाँकी नरहेको जानकारी दिए। ‘डडेल्धुरामा निर्वाचन नै भइसक्यो। क्रियाशीलको विषय बाँकी छैन। फेरि निर्वाचन गर्नुपर्छ भनेर अर्थ छैन।’