१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इजरायल जाने परीक्षामा दुई हजारभन्दा बढी उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:३५:००

इजरायलमा केयरगिभर (हेरालु)सम्बन्धी रोजगारका लागि सरकारले लिएको अंग्रेजी भाषा  परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा उचाइ र तौल नापिनेछ । सोसम्बन्धी परीक्षा व्यवसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता लिइने जनाइएको छ । लिखित परीक्षा, शरीरको उचाइ र नापतौल परीक्षा एवं अन्तर्वार्ताका आधारमा परीक्षार्थीलाई नतिजा तथा प्राप्तांक प्रदान गरिनेछ । सो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आइडीमा प्रविष्ट गरिनेछ ।

सोही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ । छनोट गरिएको नामावली इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई पठाइनेछ । त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।