मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निपा भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयको अपिल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

स्वास्थ्य मन्त्रालयले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट अपिल गरेका हुन् । 

मंगलबार पत्रकारसँगको कुराकानीमा पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्रयाइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनी नसकेकोले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने वेला आएको बताए । 

पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै पौडेलले पशुपक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरू असावधानीका साथ नखान आग्रह गरे । 


उनले भने, ‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । यो प्राणघातक छ, यसको मृत्युदर उच्च छ, तर यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपक्षीबाट मानवमा आउने हुनाले पशुपक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरू असावधानीवश पनि हामी नखाऔँ, फलफूल तरकारीहरू राम्रोसँग सफा गरेर खाऔँ, तरकारीको हकमा राम्ररी पकाएर खाआँै, फलफूलको हकमा बोक्रा फालेर खाऔँ, राम्ररी धोएर खाऔँ, त्यसबाट बच्न सकिन्छ । जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरू बिरामी हुन सक्छन्, मासुको काम गर्ने साथीहरूले पन्जा लगाऔँ, मास्क लगाआँै, आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरू लगाएर मात्र ह्यान्डिल गरौँ, मासु राम्ररी पकाएर मात्र खाऔँ, भिडभाडमा नजाऔँ, किनभने व्यक्तिबाट व्यक्तिमा, मानव मानवमा पनि सर्न सक्छ, यसको मृत्युदर उच्च छ, यसले छिट्टै मस्तिष्कमा असर गरेर इन्सेफ्लाइटिभ, कोमा, डाउजी, बेहोस गराउन सक्छ, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएको छ भने अस्पतालमा जाऔँ सही सूचना दिऔँ, आतंकित नबनौँ, मापदण्ड नभुलौँ ।’


स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्ण रूपमा स्वास्थ्यका मापदण्ड अपनाई सचेत र सजग हुन र यससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी जान आग्रह गरेको छ । पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् । यो प्राणघातक भाइरस प्राकृतिक रूपमा फलफूल बढी खाने चमेरा (फ्रुट ब्याट) बाट पशुपक्षी हुँदै मानिसमा सर्छ । साथै संक्रमित मानिसबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । 

निपा भाइरस विशेष गरी शरीरको ¥याल, दिशापिसाबलगायतको तरल पदार्थबाट सर्ने गर्दछ । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।