मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘केयरगिभर’का लागि लिइएको भाषा परीक्षामा दुई हजारभन्दा बढी उत्तीर्ण (नतिजासहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

इजरायलमा केयरगिभर (हेरालु)सम्बन्धी रोजगारका लागि सरकारले लिएको अंग्रेजी भाषा  परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन्।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा उचाइ र तौल नापिनेछ। सोसम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता लिइने जनाइएको छ। लिखित परीक्षा, शरीरको उचाइ र नापतौल परीक्षा एवं अन्तर्वार्ताका आधारमा परीक्षार्थीलाई नतिजा तथा प्राप्तांक प्रदान गरिनेछ।

सो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आइडीमा प्रविष्ट गरिनेछ। सोही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ। छनोट गरिएको नामावली इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई पठाइनेछ। त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन्।