मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ४ बिहीबार
  • Thursday, 21 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २९ मंगलबार १६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाण्डे र भट्टलाई एकीकृत समाजवादीको सांसद कायम गर्न सर्वोच्चको अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २९ मंगलबार १६:११:००

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास यस्तो आदेश जारी गरेको हो। 

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो। 

२७ भदौमा न्यायाधीश मीरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएको थियो।