१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन नेताहरूको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १८:o२:oo

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरूले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाब दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएकाे सर्वदलीय बैठकमा शीर्ष नेताहरूले संसदमा प्रमुख प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर मात्र सर्वदलीय बैठक बोलाउन सुझाब दिएका हुन्।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संसद् सहज रूपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको जानकारी दिए। उनले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निष्कर्षविहीन भएको बताए।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेका शीर्ष नेताहरू नआएपछि बैठक निष्कर्षविहीन भएको उल्लेख गरिन्। उनले सबै समस्याको समाधान संवादबाटै हुने भन्दै एमालेले सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताइन्।

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ। भदौ २३, २५ र २७ गतेको संसदमा विरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमालेका नेताहरू अनुपस्थित छन्।