१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन दिनअघि मृत भेटिएकी महिलाको हत्या भएको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२२:oo

तीन दिनअघि ललितपुरको सुनाकोठीमा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या भएको आशंका गरिएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई हाल सुनाकोठी बस्ने कमला तामाङको घाँटीमा डोरीले कसेर हत्या भएको हुन सक्ने पोस्टमार्टम रिपोर्टले देखाएको छ।

ललितपुर प्रहरीले ती महिलाको हत्या भएको आशंका गरेको छ। महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी किरण बज्राचार्यले मृत अवस्थामा फेला परेकी महिलाको हत्याको आशंकामा अनुसन्धान भइरहेको बताइन्। ‘ती महिलाको हत्या भएको रिपोर्ट पोस्टमार्टमले देखाएको छ,’ उनले भनिन्, ‘त्यसबारे थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले घटनामा संलग्न भएको आशंकामा उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

उनका अनुसार मृतक महिलाले चापागाउँमा ज्याला मजदुरी गर्थिन्। उनका श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी एक्लिएकी थिइन्। मृतक महिलाका श्रीमानले आत्महत्या भएको प्रहरीसमक्ष बताउँदै आएका थिए। तर, प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या नभएर हत्या भएको आशंका गरिएको छ।

ad
ad