मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Thursday, 10 July, 2025
२o७८ भदौ २८ सोमबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार ११:४८:oo

पिजी रियल स्टेट एन्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले रकम उठाई काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका– ४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका– २७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।