मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ तोकेको हो।

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ। 

रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २२ भदौमा अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश गरेको थियो।