मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ २७ आइतबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित एक व्यक्ति पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ भदौ २७ आइतबार १७:५८:००

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । १५ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित झापाको भद्रपुर नगरपालिका–८ का २२ वर्षीय सुमन तामाङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सूचनाका आधारमा उनलाई आज आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो । थप कारबाहीका लागि तामाङलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।