१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मादी– १ उम्लिङ खोलागाउँस्थित मृतक तेजबहादुर कार्कीको घर
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ३१ सोमबार o९:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रिसइबीका कारण तेजबहादुरको हत्या, देख्ने अरूको पनि हत्या गरेँ

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o४:oo

संखुवासभा हत्या प्रकरणमा पक्राउ परेका युवाको बयान

मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनाको छैटौँ दिन शनिबार स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अर्को एकजनामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

हत्यामा संलग्न भएको आशंकामा मृतकका छिमेकी भतिजो साइनो पर्ने लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । ‘लामो प्रयास र अनुसन्धानबाट घटनामा संलग्नता देखिएको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । भोलि (आइतबार) जिल्ला प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलनमार्फत घटना कसरी, किन र क–कसले घटाए भन्नेबारे सम्पूर्ण जानकारी दिन्छौँ,’ डिएसपी सुवेदीले भने, ‘घटनास्थलवरपर अनुसन्धान जारी छ ।’

घटनाको प्रारम्भिक अनुसन्धानमा पारिवारिक रिसइबीका कारण हत्या भएको देखिएको छ । पक्राउ परेका लोकबहादुरले तेजबहादुर कार्कीको मात्रै हत्या गर्ने योजना रहे पनि परिवारका अन्य सदस्यले समेत देखेपछि प्रमाण लुकाउन सबैको हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । 

सोमबार बिहान एकै घरका ६ जनाको सामूहिक हत्या भएको थियो । सोमबारदेखि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुकमबहादुर कँुवरको टोली र जिल्लास्थित डिएसपी लालध्वज सुवेदी र चैनपुर इलाका प्रहरी चौकीका इन्स्पेक्टर योगराज खतिवडालगायत ४० जनाभन्दा बढी सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । अभियुक्त भाग्न नपाओस् भनेर प्रहरीले जिल्ला भित्रने र बाहिरिने सबै नाकामा जाँच कडाइ गरेको थियो । 

प्रहरीको अनुसन्धानमा एक सातादेखि नयाँ मानिस गाउँ नभित्रिएको देखिएको थियो भने कल डिटेलका आधारमा शंकास्पद फोन कलसमेत कतै नभएको पाइएपछि गाउँ र छिमेकीलाई केन्द्रित गरेर प्रहरीले सूक्ष्म अनुसन्धान थालेको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरी टोलीले गरेको विभिन्न चरणको अनुसन्धानका आधारमा लोकबहादुरलाई पक्राउ गरिएको हो । लोकबहादुरले सबैभन्दा पहिले घटना देखेको भन्दै सबैलाई खबरसमेत गरेका थिए । मृतक तेजबहादुरको घरको सबैभन्दा नजिक करिब एक सय ५० मिटरजति दूरीमा उनको घर रहेको छ । 

मृतक परिवारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार इटहरीको बुढीगंगामा अन्त्येष्टि गरिसकेको छ । अहिले मृतकका आफन्तहरू उम्लिङ खोलागाउँस्थित सोही घरमा किरिया बसिरहेका छन् । सामूहिक हत्याकाण्डमा ८५ वर्षीय वृद्ध बौद्धमान मात्रै जीवित छन् । उनी कान कम सुन्ने र आँखा कम देख्छन् । 

गत सोमबार बिहान मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्या भएको थियो ।

 यसरी समातिए आरोपी
प्रहरीको अनुसन्धानमा एक सातादेखि नयाँ मानिस गाउँ नभित्रिएको देखिएको थियो भने कल डिटेलका आधारमा शंकास्पद फोन कलसमेत कतै नभएको पाइएपछि गाउँ र छिमेकीलाई केन्द्रित गरेर प्रहरीले सूक्ष्म अनुसन्धान थालेको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरी टोलीले गरेको विभिन्न चरणको अनुसन्धानका आधारमा लोकबहादुरलाई पक्राउ गरिएको हो । उनले सबैभन्दा पहिले घटना देखेको भन्दै सबैलाई खबरसमेत गरेका थिए । मृतक तेजबहादुरको घरको सबैभन्दा नजिक करिब एक सय ५० मिटरजति दूरीमा उनको घर छ । 

 परिवारको विनाश, घर उजाड
सोमबार मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्या भएको थियो । अहिले मृतकका आफन्तहरू उम्लिङ खोलागाउँस्थित सोही घरमा किरिया बसिरहेका छन् । सामूहिक हत्याकाण्डमा बौद्धमान मात्रै जीवित छन् । उनी कान कम सुन्ने र आँखा कम देख्छन् । 

 

ad
ad