मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका इस्लामाबाद
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बढ्दो जलसंकटले पाकिस्तानलाई अस्थिर गराउने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको एक अनुसन्धानले देखाएको छ। इन्टरनेसनल फोरम फर राइट एन्ड सेक्युरिटी (आइएफएफआरएएस)को प्रतिवेदनअनुसार पानीको संकटले यहाँ ठुल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ, जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त–प्रान्तबीच झगडा निम्त्याउन सक्छ।

सिन्ध र बलुचिस्तान प्रान्तका किसानले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन्। आइएफएफआरएएसको रिपोर्टअनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ।

सिन्धु नदीको पानीको वितरणलाई लिएर समय–समयमा प्रान्तहरूबीच विवाद देखा पर्ने गरेको छ। यसो हुनुमा अनुसन्धानकर्ताहरू प्रान्तहरूबीच विश्वासको कमीलाई प्रमुख कारण ठान्छन्। पाकिस्तानी शोधकर्ताहरूको अध्ययन प्रतिवेदनअनुसार पाकिस्तानका प्रान्तहरूबीच विश्वासको कमी नै विवादको जड हो। विशेषगरी सिन्ध र पन्जाब  एवं सिन्ध र बलुचिस्तानबीच पानी विवाद मुख्य कारण बन्ने गरेको छ।

सिन्ध र पन्जाब मात्र होइन, यसपटक सिन्ध र बलुचिस्तानबीच समेत संघर्ष देख्न सकिन्छ। बलुचिस्तानले सिन्धलाई चेतावनी दिँदै भनेको छ– हब बाँधबाट कराँचीको पानी आपूर्ति बन्द गरिनेछ, यदि उत्तर प्रदेशले पानीको प्रान्तको हिस्सा ओगट्ने काम रोकेन भने। पानीको अभावले यी प्रान्तहरूबीच झगडा बढाउने र आन्तरिक अशान्तिको मुख्य कारण यही हुने औँल्याइएको छ। तालिवानले अफगानिस्तान कब्जा गरेपछि कट्टरपन्थी तत्त्वहरू बलियो हुँदै जाँदा पाकिस्तानको स्थिरताका लागि यो घटना विनाशकारी हुन सक्ने अध्ययनले देखाएको छ। रासस