मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

देश छोडेका कर्मचारीहरूलाई स्वदेश फर्कन तालिवान सरकारको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाडेका कर्मचारीहरूलाई स्वदेश फर्कन तालिवान सरकारले आग्रह गरेको छ। अफगानिस्तानका अन्तरिम सरकारका प्रधानमन्त्री तथा तालिवान प्रमुख मुल्लाह मोहम्मद हसान अखुन्दले तालिवानको सत्ता कब्जापछि अफगानिस्तान छाडेका पूर्वअधिकारीहरूलाई उनीहरूको सुरक्षाको प्रत्याभूति गरिने बताउँदै स्वदेश फर्कन आग्रह गरेका हुन्। 

अखुन्दले अफगानिस्तानले विश्वसमुदायसँग बलियो र सकारात्मक सम्बन्ध स्थापित गर्न चाहेको बताउँदै कूटनीतिज्ञ, राजदूतावास र मानव अधिकारवादी संस्थाहरूको सुरक्षाको पनि ग्यारेन्टी गर्ने बताएका छन्। 

सन् २००१ मा अमेरिकी आक्रमणपछि अमेरिका र अमेरिकासमर्थित प्रशासनका लागि काम गरेका जोकोहीलाई आममाफी दिने तालिवानको वाचामा प्रतिबद्ध रहेको पनि अखुन्दले दोहोर्‍याएका छन्।  

अखुन्दले अफगानिस्तानमा अब हत्या र रक्तपातको समय सकिएको पनि दाबी गरेका छन्। ‘म इस्लाम राष्ट्र, विशेषगरी अफगानी जनताका लागि आश्वासन दिन चाहन्छु कि हामी सबै राम्रो होस् भन्ने चाहन्छौँ, सफलता तथा कल्याणको कारण चाहन्छौँ। यसका लागि हामी एक इस्लामिक व्यवस्था स्थापित गर्न चाहन्छौँ,’ अखुन्दले भनेका छन्। 

उनले इस्लामिक व्यवस्था स्थापित गर्ने परियोजनामा सहभागी हुन सबै अफगानी जनतालाई आग्रह पनि गरेका छन्।