मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Thursday, 17 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २४ बिहीबार o९:३८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अफगानिस्तानबाट ८९५ नेपाली फर्किए, ३४ जना उद्धारको पर्खाइमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार o९:३८:oo

अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका पारगमन (ट्रान्जिट)मा रहेका ३२ नेपाली बुधबार स्वदेश फर्केका छन् । यीसँगै अहिलेसम्म अफगानिस्तानबाट आठ सय ९५ नेपाली स्वदेश फर्किएका छन् ।

काबुल छाडेका एक हजारमध्ये एक सय अझै बाटोमै रहेको र ३४ जना भने उद्धारको पर्खाइमा काबुलमै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । 

तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अमेरिकाले नौ दिनअघि आफ्ना सबै फौज र स्टाफ फिर्ता गरेसँगै काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिले ठप्पजस्तै छ । ‘काबुलमा नागरिक उडानहरू सञ्चालन भएपछि ३४ नेपाली स्वदेश फर्किने सुनिश्चित भएको छ,’ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले टेलिफोनमा भने, ‘संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत एक सय नेपालीलाई काठमाडौं ल्याउँदा उनीहरूलाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ । उहाँहरू अहिले संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । उहाँहरूलाई स्वदेश नफर्कुन्जेल खानपिन र बस्ने राम्रो व्यवस्था छ ।’ 

स्वदेश आउने पर्खाइमा रहेका ३४ मध्ये १२ जना नेपाली सेनाबाट अवकाश प्राप्त र २२ जना भारतीय सेनाबाट अवकाश प्राप्त हुन् । सुवेदीका अनुसार उनीहरूको पिसिआर परीक्षणसमेत भइसकेको र सबैको नेगेटिभ आएको छ ।