१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २२ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण काभ्रेमा ५३ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ११:०४:००

आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाका कारण काभ्रेमा ५३ लाख रुपैयाँबराबरको क्षति पुगेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले घर, गोठ र घरपालुवा जनावर पुरिँदा ५३ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मण्डनदेउपुर नगरपालिका– २ का रामशंकर ध्वजूको होटेलमा बाढी पस्दा १५–१६ लाखबराबरको धनमाल क्षति भएको छ। सोही स्थानका टंकबहादुर घिसिङको गोठ पहिरोले पुरिँदा ७० हजारबराबरको पशुचौपायसहितको क्षति पुगेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बनेपा नगरपालिका– १ दुलालगाउँका मीठाराम दुलालको दुईतले कच्ची घर र गोठ पहिरोले पुरिएको छ। घरगोठ पुरिँदा पशुचौपायासहित करिब ३० लाखबराबरको क्षति भएको छ। सोही नगरपालिका– २ घिमिरेगाउँकी अनन्तकुमारी घिमिरेकी एकतले घर पहिरोले पुरिँदा सात लाख रुपैयाँबराबरको क्षति पुगेको छ।

जिल्लामा वर्षाका कारण घर पुरिँदा दुईजना घाइते भए पनि थप कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।