Skip This
एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको बेञ्चमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको बेञ्चमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १o:४९:oo

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा तेस्रोपटक पेसी तोकिएको छ। सर्वोच्च अदालतले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकेको हो।

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ। यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन
 

ad
ad
ad
ad