मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०८:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अल न्यू हुन्डाई टुसानका चार भेरियन्ट बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०८:२५:००

हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ गाडी बिक्री सुरु गरेको छ । कम्पनीले हाल नेपालमा यसका चार भेरियन्टको बिक्री सुरु गरेको हो ।   ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनका कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको कम्पनीको दाबी छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्विलबेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टू ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीले जनाएको छ । 

कम्पनीले बिक्री सुरु गरेको भेरियन्टमा जिएलएस टू ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टू ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल), जिएलएक्स टू ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल) र जिएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक (डिजेल) रहेका छन् । यसको सुरुवाती भेरियन्ट जिएलएस टू ह्विल ड्राइभ म्यानुअल (पेट्रोल) को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको जनाइएको छ ।  

यी गाडीहरू अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमसन रेड, सिम्रिङ सिल्भर, डिपसी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ जेनेरेसन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइटजस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने विशेषता रहेको कम्पनीको दाबी छ । 

बोल्ड डिजाइन र प्रविधिको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष रहेको जनाइएको छ । कम्पनीले देशभरमा १३ सोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ ।