मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २१ सोमबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘एमसिसी पास गरिए सडकमा आगो बाल्छौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २१ सोमबार १९:४१:००

अखिल (क्रान्तिकारी) उपाध्यक्ष तिलकराज भण्डारीले एमसिसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । पाँचथरको फिदिममा अखिल (क्रान्तिकारी)को जिल्ला भेलालाई सम्बोधन गर्दै भण्डारीले सरकारलाई एमसिसी पास नगर्न चेतावनी दिएका हुन् । 

मुलुकलाई विदेशीको खेलमैदान बन्न कदापि नदिइने भन्दै उनले सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता नदिएर सरकारले जनआकांक्षामा चिसो पानी खन्याउने काम गरेको बताए । उनले भने, ‘एमसिसी पास गरिए घरघरमा ढोका लगाएर सडकमा आउँछौँ । आगो बाल्छौँ । लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सरकारले जनताको आकांक्षामाथि चिसोपानी खन्याउने प्रयास गरिरहेको छ । यो स्वीकार्य छैन ।’

माओवादी केन्द्रका नेताहरू होम जबेगु, विशाल रसाइली, दिनेश लावती, प्रदेश १ की सांसद सीता थेबे र अखिल (क्रान्तिकारी) प्रवक्ता एवं उपमहासचिव जिपी मैनालीसहित विद्यार्थी नेताहरूले धारणा राखेका थिए । 

असोज ८, ९ र १० गते राष्ट्रिय सम्मेलन तोकेको अखिल (क्रान्तिकारी)ले मुलुकभर भेला–सम्मेलनमार्फत नेता छान्ने प्रक्रियालाई तीव्र बनाएको छ ।