मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
लघुजलविद्युत रहेको लमसुङ गाउँ
कमल खत्री म्याग्दी
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीले बगायो दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह

Read Time : < 1 मिनेट
कमल खत्री म्याग्दी
नयाँ पत्रिका म्याग्दी
Invalid date format १२:५o:oo

म्याग्दीको धवलागिरी गाउँपालिका– २ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ। गएरातिको अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युतको विद्युतगृह बगाएको हो।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाखभन्दा बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन्। दुई वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट तीन सय ७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए।

बाढीले विद्युतगृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ। बाढीले परियोजनाको बाँध र नहरमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले तटीय क्षेत्रका जमिन र बस्तीमा समेत क्षति गरेको छ । लघुजलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्तीहरू अन्धकार बनेको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले बताए।

‘यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन। विद्युतगृह बगाएपछि मोबाइल चार्ज गर्न र साँझमा बालबालिकाहरूलाई अध्ययनमा समेत समस्या हुने भएको छ,’ ठाकुरले भने। बाढीले लघुजलविद्युतमा पुर्‍याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायतका प्रतिनिधिहरूको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ।

०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना दुई वर्षअघि एक करोड ५२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको थियो। 

लुलाङ, खोरिया, मेरनी र लमसुङका स्थानीयवासी यस परियोजनाबाट लाभान्वित भएका थिए। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८५ लाख र धवलागिरि गाउँपालिकाले ५० लाख तथा स्थानीयवासीको श्रमदानबाट परियोजनाको पुनर्निर्माण गरिएको थियो।