१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ जेठ २ बुधबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५२:oo

महोत्तरीमा लागुऔषधसहित सशस्त्र प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रदेश नं. ०२ ०२२ प ३४७२ नम्बरको पल्सर मोटरसाइकल चेकजाँचको क्रममा अगरबत्तीभित्र लुकाएको अवस्थामा उनीहरू सम्सी गाउँपालिका– ७ चाँदनी चोकबाट पक्राउ परेका हुन्।
 
पक्राउ पर्नेमा गोर्खा बुढीगण्डकी गाउँपालिका– २ का २३ वर्षीय अजय परियार र नुवाकोट विदुर नगरपालिका– ७ का ३० वर्षीय सञ्जय भट्ट रहेकाे सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए।

उनीहरूको साथबाट नाइट्राभेट ट्याबलेट २३७० थान (१५८ पत्ता), प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेल्याब इन्जेक्सन १७१ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद भएको छ।

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रहरीकाे जिम्मा लगाइएको छ।

ad
ad