१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २१ सोमबार ११:४४:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

कस्तो छ बूढानीलकण्ठ नगरपालिका ?

Read Time : > 2 मिनेट
२०७८ भदौ २१ सोमबार ११:४४:००

काठमाडौंको उत्तरी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ०७१ साल मंसिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खडेका भद्रकाली, चुनिखेल, महाँकाल, विष्णु बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलाएर १९ वडामा विभाजन गरी प्रशासकीय हिसाबले समायोजन गरिएको थियो । सरकारकै ०७१ साल फागुन २७ गतेको निर्णयले साबिककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । 

महानगरबाहेक जनसंख्याका आधारमा नेपालकै दोस्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौं महानगरपालिकाका वडा नम्बर ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्छ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौं उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, बौद्ध धर्मावलम्बीको आस्थाको क्षेत्र हो । यस नगरपालिकाभित्र बूढानीलकण्ठ मन्दिर, चण्डेश्वर मन्दिर, रुद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, बंगलामुखीजस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्रीडाङ्गुर झ्याङ्तेरादाग्र्यालिङ गुम्बा, आनी गुम्बा, कपन गुम्बा, छोर्लिङलगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मावलम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् ।

आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत शृंखलालगायत हरियाली जंगल रहेको भिरालो भूभाग पनि रहेको छ । दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रुद्रमती, धोबी खोला, यज्ञमती, च्याने खोलाजस्ता नदी–खोलाहरू बगेर गएका छन् । 

 विकास निर्माणको प्रगति
नगरपालिकाले बाटो, ढल, खानेपानी, पार्क, मठ–मन्दिर, स्वास्थ्य, शिक्षा पूर्वाधार र खेलमैदान गरी विषय छुट्याएर भौतिक विकास योजना बनाएको छ । आव ०७७/७८ मा नगरपालिकाले आवश्यकताअनुसार १३ वटै वडामा भौतिक निर्माणको काम गरिरहेको छ । जसअनुसार ६ सय १३ वटा योजना सम्पन्न भएका छन् । सबैभन्दा बढी ढुंगाको पर्खाल लगाइएको छ । त्यस्तै, नगरको लगानीमा मात्र १४ किलोमिटर नौ सय २८ मिटर ढल निर्माण गरेको छ । बाटो ढलान ११ किलोमिटर सात सय ५४ मिटर सम्पन्न भएको छ ।

६ किलोमिटर नौ सय ९४ मिटर सडक कालोपत्रे गरिएको नगरपालिकाले उल्लेख गरेको छ । त्यस्तै, ६ किलोमिटर सात सय ७३ मिटर खानेपानीको पाइप बिछ्याइएको छ । तीन किलोमिटर नौ सय ३३ मिटर सडकमा ग्राभेल हालिएको छ । तीन किलोमिटर चार सय १२ मिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । दुई किलोमिटर पाँच सय ८७ मिटरमा ढुंगा छापिएको छ । त्यस्तै, दुई सय १३ मिटर सडकमा इँटा बिछ्याइएको छ । 

नगरपालिकाले १६ हजार एक सय ९० घनमिटर ढुंगाको पर्खाल लगाएको छ । त्यस्तै, दुई सय ४० घनमिटर इँटाको पर्खाल लगाएको जनाइएको छ । एक सय ९४ मिटर सेरवाल निर्माण गरिएको छ । नौवटा कल्भर्ट निर्माण गरिएको तथा एउटा स्टिलको पुल निर्माण गरिएको छ । २६ वटा सामुदायिक भवन, ११ वटा पार्क, आठवटा ट्रस भवन, १६ वटा भवन मर्मत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, १९ ठाउँमा पहिरो नियन्त्रण, १२ वटा मन्दिर मर्मत, सातवटा खानेपानी ट्यांकी निर्माण, ६ सय तीनवटा सडक–बत्ती जडान, सात सय चारवटा सिँढी निर्माण, नौवटा सार्वजनिक शौचालय निर्माण, तीनवटा खानेपानी बोरिङ तथा एउटा खेल मैदान निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यसर्थ, १३ वटा वडा जोड्ने आठ मिटर पक्की सडक, बूढानीलकण्ठ चक्रपथ, धोबी खोला करिडोर, मूल सडकहरू तयार भएका छन् ।

केही निर्माणाधीन अवस्थामा रहेका छन् । झन्डै तीन अर्बको लागतमा खानेपानीका संरचनाहरू तयार हुँदै छन् । दर्जनभन्दा बढी खुला पार्कहरू बनेका छन् । विद्यालय भवनहरू बलिया, पक्की बनेका छन् । नगरको संस्थागत संरचना गत हिसाबले परिपक्व बनेको छ । नगरको समृद्धि र सुशासनका पक्षमा आवश्यक विधि, ऐन–कानुनहरू तयार भएका छन् । आगामी दिनमा विकासका कार्यहरू सहज र तीव्रताका साथ अघि बढ्ने तयारी भएको छ ।