Skip This
माल्दिभ्सको पोस्टमा भारतको ६ गोल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज १ बुधबार o८:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

माल्दिभ्सको पोस्टमा भारतको ६ गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार o८:o५:oo

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा भारतले मंगलबार उत्कृष्ट सुरुवात गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्पोर्टस् कम्प्लेक्समा चारपटकको विजेता भारतले माल्दिभ्समाथि ६–० को जित निकाल्यो ।

जितका साथ भारत समूह ‘बी’को शीर्ष स्थानमा रह्यो । भारतको जितमा डल्लामुवन गांतेले दुई गोल गरेका थिए । ऋषिकेश छरण, कामगोहाउ डोउंगेल, गुनलेइबा वाङखेइराकपम र आजिम पर्भिज नजरले समान एक गोल गरे । भारते पहिलो तथा दोस्रो हाफमा समान तीन गोल गरेको थियो । भारतको समूहमा पाकिस्तान र भुटान छन् ।