Skip This
नेपाल–भारत मैत्रीपूर्ण फुटबल : दोस्रो खेलमा नेपाल २-१ ले पराजित (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १९:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : दोस्रो खेलमा नेपाल २-१ ले पराजित (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुवै गोल गरेको हो । 

भारतका लागि खेलको ६२औँ मिनेटमा फारुक हाजी कासम चौधरीले पहिलो गोल गरे ।  दोस्रो गोल कप्तान सुनील क्षेत्रीले ८०औँ मिनेटमा गरे । 

नेपालले एक गोल फर्काएको छ । ८६औँ मिनेटमा नेपालका लागि तेज तामाङले गोल फर्काएका हुन् ।

यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो ।  विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ। वरीयताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ। भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ। दुवै टोलीले पाँच खेल बराबरी खेलेका छन्।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ। नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ।
(फोटोफिचर)