१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २० आइतबार १९:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारत २-१ ले अगाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २० आइतबार १९:११:००

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारतले दुई शून्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुवै गोल गरेको हो । 

भारतका लागि खेलको ६२औँ मिनेटमा फारुक हाजी कासम चौधरीले पहिलो गोल गरे ।  दोस्रो गोल कप्तान सुनील क्षेत्रीले ८०औँ मिनेटमा गरे । 

नेपालले एक गोल फर्काएको छ । ८६औँ मिनेटमा नेपालका लागि तेज तामाङले गोल फर्काएका हुन् ।

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ। वरीयताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ। भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ। दुवै टोलीले पाँच खेल बराबरी खेलेका छन्।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ। नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ।