१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

ललितपुरको नख्खु कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ। बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको कारागार स्रोतले बतायो।

ललितपुरकी एसएसपी किरण बज्राचार्यले कारागार क्षेत्रमा प्रहरी टोली खटाएको जानकारी दिइन्। ‘भाषा प्रयोग गर्ने विषय र खानेकुरा तथा सामान खरिदको विषयमा झगडा भएको खबर आएको छ,’ उनले भनिन्, ‘भर्खरै प्रहरी त्यसतर्फ पठाएका छौँ ।’ 

त्यस्तै आफूहरुमाथि फोन गर्ने स्वतन्त्रता नभएको, कारागारको क्यान्टिनको खानेकुरा राम्रो नभएको र नाइकेहरुले हेपेको भन्दै उक्त ब्लकका सबै कैदीबन्दी र त्यसमध्येकै नाइकेहरुबीच झडप भएको थियो। झडप नियन्त्रणमा लिन ललितपुर प्रहरीले जावलाखेलको प्रहरी टोली खटाएको छ।

झडपका क्रममा केही कैदी घाइते भएको प्रहरीले जनाएको छ। फोन गर्दा कैदीबन्दीहरुले कोड भाषा प्रयोग गर्न नपाउने व्यवस्था कारागार प्रशासनले गरेको छ। उक्त विषयमा पनि कैदीबन्दीहरुले विरोध जनाएका थिए।