१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक अस्थिरताका वेला एमसिसी अनुमोदन गर्न खोजियो : भीम रावल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:५२:oo

एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएका वेलामा एमसिसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा रावलले राजनीतिक अस्थिरता भएका वेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको पनि बताए । उनले एमसिसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसका विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्तालाई आह्वान गरे । उनले भने ‘झिलिमिली’  हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशीकरणको बाटोमा पु¥याइँदै छ । नेपाललाई पराधीन बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसिसी । जसरी अस्थिर राजनीति भएका वेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएका वेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’

एमसिसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरूप नभएको उनले बताए । एमसिसीको कतिपय प्रावधानले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उनले बताए । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनको तर्क छ । 

रावलले सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे । उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधीनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गरे । 

उनले अहिले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर भारतीय हेलिकोप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेकोमा पनि उनले आपत्ति जनाए । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै उनले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताए ।

ad
ad