१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पामा पहिलोपटक सम्पूर्ण कार्यालयको सार्वजनिक सुनुवाइ गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:o६:oo

हिमाली जिल्ला डोल्पामा पहिलोपटक जिल्लाका सम्पूर्ण सरकारी कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पहिलोपटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको हो ।

सरकारी कार्यालयद्वारा नागरिकलाई प्रदान गरिने सेवा प्रवाह तथा संघ र प्रदेशबाट परेका विकास योजना सम्बन्धमा बृहत् सार्वजनिक सुनुवाइ गरिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।प्रजिअ ढकालका अनुसार आगामी २७ गते आइतबार बिहान ११ बजे जिल्ला समन्वय समितिको प्रांगणमा सार्वजनिक सुनुवाइ गरिनेछ।

विकास योजना तथा सरकारी कार्यालयबाट नागरिकले पाएका सेवा सुविधाका विषयमा नागरिकले खुलेर जिज्ञासा राख्न पाउने ढकालको भनाइ छ । सो कार्यक्रममा जिल्लाका आम नागरिकलाई उपस्थित हुन आग्रह गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पूर्ण कार्यालयका कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण भने नेपाल पत्रकार महासंघ डोल्पा शाखाले गर्नेछ ।

ad
ad