१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भोलिदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा, जिपलाइन पनि सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:२o:oo

काठमाडौंको चन्द्रागिरि केबलकार भोलि शनिबारदेखि पूर्ण रूपमा सञ्चलनमा आउने भएको छ। निषेधाज्ञा हटेसँगै केबलकार पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ। यसअघि रिसोर्ट जाने पाहुनाका लागि मात्र उपलब्ध सेवा शनिबारदेखि सर्वसाधारणका लागि पनि उपलब्ध हुने भएको हो।

झन्डै पाँच महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार सरकारले निशेषधाज्ञा पूर्ण रूपमा हटाएसँगै खुला गरिएको हो। केबलकारमा यात्रा गर्ने सम्पुर्ण यात्रु र पर्यटकलाई अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सञ्चालक कम्पनीले आग्रह गरेको छ।

चन्द्रागिरिमा भोलि देखि नै जिपलाइनसमेत सुरु गर्न लागेको कम्पनीले जनाएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा सय मिटर लामो जिपलाइन सञ्चालनमा ल्याउन लागिएको हो।

ad
ad