१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पोखराका तीन स्थानमा पहिरोले घर बगाउँदा पाँचको मृत्यु, एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५८:oo

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११ काहुँमा एक गरी पाँचको मृत्यु भएको बताए । 

पोखरा–२० भलाम र्‍याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पहिरोका कारण मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको थापाले बताए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् । नौ वर्षीय अर्का छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

भलामकै मूलाबारीमा घरमाथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ वर्षीय छोरा सुजन सार्कीको ज्यान गएको छ । पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एउटा घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्केकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरिएको थियो ।

पोखरा महानगरपालिका–११ कसेरीमा अर्को घर पहिरोमा पुरिँदा एकदेव तिमल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिश घाइते भएका छन् । भलामकै मुलाबारीमा अर्को एक घर पहिरोले बगाएको छ । घरमाथिबाट अन्दाजी राति १२ बजे ढिस्को खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार पोखरा–६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुर्‍याएको छ । 

ad
ad