१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ७ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२० वर्ष कैद सजाय पाएका दुई फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:oo:oo

हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखि  फरार दुई अभियुक्त पक्राउ  परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका– १ का ३१ वर्षीय धर्मराज पोखरेल र विराटनगर महानगरपालिका– १२ का २९ वर्षीय कृष्णप्रसाद ताजपुरिया पक्राउ परेका हुन्। 

२२ चैत ०७३ मा फैसला भएका धर्मराज र कृष्णप्रसादलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बिहीबार पक्राउ गरी सजाय भुक्तान गर्न अदालतमा बुझाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

ad
ad