मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता रहेको आरोपका सम्बन्धमा परेका रिटमाथि आज सुनुवाइ तोकिएको हो। 

सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारवादी सुशील प्याकुरेल र पत्रकार कनकमणि दीक्षितले मुद्दा दायर गरेका थिए। सापकोटाविरुद्ध लामाले ०६९ मंसिर ७ मा, दीक्षितले अदालतको अवहेलनाको आरोपमा ०६८ असार ६ मा र प्याकुरेलले ०७२ चैत २६ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। 

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको छ।