१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को विमोचन गरिएको छ। नेपाली कांग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यता तथा विशेष अतिथिहरू श्रवण मुकारुम, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललगायतको उपस्थितमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो । 

४० वटा कविता संग्रह गरिएको पुस्तक पैरवी बुकले प्रकासन गर्नुका साथै विमोचन कार्यक्रमको संयाेजन पनि गरेको हो। युवा कवि केशव पाठकले कवितासंग्रहको सुन्दर कविता सुन्दर वाणी वाचन गरेका थिए ।  उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौँ कसो गरौँ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छ। गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशिविक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ। गीतमा स्वरूपराज आचार्य, शशिविक्रम थापा, मेलिना राई,  ज्ञानकुमार खड्का र  कृष्णकुमार खड्काको सुमधुर स्वर रहेको छ।