मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ १५ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समितिले भन्यो- नारायणहिटीमा नेपाली सेना बढी भो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार १७:१७:oo

संसदीय समितिले सरकारले विगतका विभिन्न समयमा गरेका ऐतिहासिक सन्धि–सम्झौताहरूको अभिलेख राख्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका सम्बन्धित निकायलाई नेपालको ऐतिहासिक सन्धि–सम्झौताको अभिलेख राख्न आग्रह गरेको हो।

समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सासमेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताए। उनले भने, ‘अभिलेखालयमा नेपालको सन्धि–सम्झौता छ कि छैन, अहिलेसम्म भएका सन्धि–सम्झौताको लिस्ट हुनुपर्‍यो । चुच्चे नक्सा हाम्रो अभिलेखालयमा त हुनुपर्‍यो नि । नेपालमा अन्त कहीँ नभए पनि त्यहाँ हुनुपर्‍यो। राजनीतिक नक्सा, भौगोलिक नक्सा हुनुपर्‍यो । अपडेट गरिराख्न समितिको तर्फबाट आग्रह छ।’

समिति सभापति बिडारीले नारायणहिटी संग्रहालयमा आवश्यकताभन्दा बढी नेपाली सेनालाई राखिएको भन्दै अनावश्यक संख्यामा रहेका सेनालाई फिर्ता गर्नुपर्ने बताए। त्यहाँ रहेका घोडा, तबेलालाई पनि हटाउनुपर्ने उनको भनाइ छ । ‘नारायणहिटीमा बसेको नेपाली सेना बढी भो । ठिक्क सेना सुरक्षाको निम्ति मात्र राखेर त्यसलाई संग्रहालय बनाउनुपर्छ । त्यहाँ घोडा, तबेला पनि राख्नुभएन । त्यहाँ आवश्यकताभन्दा बढी सैनिक पनि राख्नुभएन,’ उनले भने।