१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ १५ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चेपाङ गाउँमा पुस्तकालय स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार १६:३९:oo

चेपाङ समुदायका बालबालिकाले पढ्दै आएको चितवनको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। चितवनको तुन्तेषमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्यानरत विद्यार्थीलाई लक्षित गर्दै पुस्तकालय स्थापना गरिएको हो। 

के फाउन्डेसन ग्लोबलको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरेको फाउन्डेसनका अध्यक्ष सौरभ रिमालले बताए। उनले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षा क्षेत्रको गुणस्तरमा विकास हुने बताए। 

‘हामीले विद्यालयमा पुस्तकालय मात्रै नभएर विद्यार्थीलाई पोसाक र खेलसामग्री पनि वितरण गरेका छौँ । यसले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहित गराउँछ,’ रिमालले भने । 

त्यस्तै, स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको गाउँमा आफूहरूले नेतृत्पमा आधा दर्जन चिकित्सकले निःशुल्क औषधिसहितको स्वास्थ्यसेवा प्रदान गरेको रिमालले बताए। ‘चरम गरिबीका कारण रोग भएकोले धेरैलाई उपचार गर्ने आर्थिक अभाव छ। यति मात्रै होइन, राम्रो कपडा लगाउने र पेटभरि खाने अवस्था पनि छैन । त्यसैले पनि हामीले गाउँका सबै नागरिकलाई लत्ताकपडा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर चेपाङ गाउँ आएका हौँ,’ उनले भने । 

त्यस्तै, चेपाङ समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्नु पाउँदा निकै खुसी भएको डा. त्रिशला गुरुङले बताइन्।  ‘यहाँका नागरिकका स्वास्थ्य अवस्था निकै कहालीलाग्दो छ । औषधाेपचार नपाएर मानिसहरूले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेछ । अधिकांशले ज्यानमा रोग पालेर बस्नुभएको छ ।  नेपालमा दुर्गम ठाउँको अवस्था अझै उस्तै छ । हामीले थोरै भए पनि यहाँका नागरिककाे स्वास्थ्य जाँच गरेर औषधि प्रदान गरेका छौँ,’ उनले भनिन् ।