१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ग्यास बोकेको बुलेटको ठक्करबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:४९:oo

वीरगन्जमा एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चोकमा एलपिजी ग्यास बोकेको बुलेटले ठक्कर दिँदा बहुदरमाई नगरपालिका– २ का करिब ३० वर्षीय लालबाबु साह तेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

ad
ad