मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ भदौ १५ मंगलबार १३:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

शाहरुखले लिए बलिउडमा हालसम्मकै धेरै पारिश्रमिक

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ भदौ १५ मंगलबार १३:१९:००

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

योसँगै उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेकाे बताइएको छ। उनीपछि महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन्।

हालै मात्र गरिएको एक सर्वेक्षणले शाहरुख खानलाई विश्वमा सबैभन्दा धेरै डिमान्ड भएका कलाकार बताएको थियो। अमेरिकास्थित प्यारोट एनालाइटिक्सले यो वर्षको जुलाई २० देखि अगस्ट १८ सम्म गरेको अध्ययनले उनलाई विश्वमै धेरै डिमान्डका कलाकारका रूपमा देखाएको हो।