१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको तिज क्यासब्याक योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०६:५७:००

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तिजको अवसर पारेर विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले क्यासब्याक योजना ल्याएको हो । 

योजनाअन्तर्गत भदौ २१ र २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा बढीमा ३ सय रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ । त्यस्तै, भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट–क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा ५ सय रुपैयाँसम्म फिर्ता पाइने जनाइएको छ । 

क्यासब्याक योजनालाई तिज विशेष बनाउन बैैंकले महिलाहरूलाई ग्राह्यता दिने उल्लेख गरेको छ । ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले डेबिट कार्डको प्रयोग गरी पिओएस वा इकममार्फत ३ हजार रुपैयाँ वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गतेसम्म चल्ने बैंकले जनाएको छ । 

बैंकले देशका ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।