१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारी कार्यालयलाई प्राप्त चेक बाउन्स

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo

ठेकेदारले दिएका करोडौँ रुपैयाँका चेक नसाटिँदासमेत सरकारी कार्यालयले राजस्व असुलीका लागि थप प्रयास नगरेको भन्दै महालेखाले प्रश्न उठाएको छ

१३ करोड बाउन्स : मोरङको लेटाङ नगरपालिकाले चिसाङ र तेली खोलाबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री गर्न दिएबापत व्यवसायीबाट लिनुपर्ने १३ करोड तीन लाख ९८ हजारको चेक बाउन्स । भुक्तानी अनिश्चित । 

एक करोड बाउन्स : रौतहटको फतुवाविजयपुर नगरपालिकाले व्यवसायीबाट पाएको एक करोड ११ लाखको चेक बाउन्स । भुक्तानीको टुंगो छैन ।

सवा करोड बाउन्स : बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले व्यवसायीबाट राजस्वबापत लिएको एक करोड २५ लाख २५ हजारको चेक बाउन्स । तर, मेयर डा. कृष्ण पौडेल भन्छन्– मलाई केही थाहा छैन ।

५६ लाख बाउन्स : बाराकै कोहल्वी नगरपालिकाले व्यवसायीबाट लिएको ५६ लाख दुई हजारको चेक बाउन्स । तर, नगरपालिकाले थालेन कारबाही प्रक्रिया ।

...                                                       ...

व्यक्ति तथा निजी संस्था व्यापक ठगिने गरेको चेक बाउन्सबाट सरकारी कार्यालयसमेत पीडित बन्न थालेका छन् । बुझाउनुपर्ने पर्याप्त रकम नभएको बैंक खाताबाट चेक भुक्तानी गर्नु चेक बाउन्स हो । यस्तो कार्य बैंकिङ कसुर अपराध ठहरिन्छ । 

महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार मोरङको लेटाङ नगरपालिकाले व्यवसायीबाट पाएको १३ करोड तीन लाख ९८ हजारको चेक बाउन्स भएको छ । चिसाङ र तेली खोलाबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री गर्न नगरपालिकाले एक व्यवसायीलाई १४ करोड ३० लाख ५८ हजारमा ठेक्का दिएको थियो । एक करोड २६ लाख रुपैयाँ छुट दिएकोमा मूल्य अभिवृद्धि करसमेत कम्पनीले १३ करोड तीन लाख ९८ हजार तिर्नुपर्नेछ । तर, उसले दिएको चेक बाउन्स भएपछि भुक्तानी रोकिएको महालेखाले जनाएको छ । 

बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले व्यवसायीबाट राजस्वबापत लिएको एक करोड २५ लाख २५ हजारको चेक बाउन्स भएको छ । दुधौरा खोलाको गिटी, ढुंगा र बालुवाको ठेक्का पाएको कम्पनीले एसी पे चेकमार्फत भुक्तानी दिएको थियो । ‘खातामा रकम मौज्दात नभएकाले चेक नसाटिएका कारण आय प्राप्त भएको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ । 

तर, चेक नसाटिँदा पनि उपमहानगरपालिकाले राजस्व असुलीका लागि थप प्रयास नगरेको पनि महालेखाले जनाएको छ । जितपुर–सिमराका मेयर डा. कृष्ण पौडेलले भने चेक बाउन्स भएको विषय आफूलाई जानकारी नै नभएको बताए । 

बाराकै कोहल्वी नगरपालिका पनि चेक बाउन्सबाट पीडित बनेको छ । लालबकैया खोलाको गिटी, बालुवा बिक्री ठेक्काको राजस्वबापत व्यवसायीबाट लिएको ५६ लाख दुई हजारको चेक बाउन्स भएको हो । तर, कोहल्वी नगरपालिकाले पनि व्यवसायीविरुद्ध कुनै कारबाही प्रक्रिया अघि नबढाएको महालेखाले जनाएको छ । 

रौतहटको फतुवा नगरपालिकाले पनि व्यवसायीबाट पाएको एक करोड ११ लाखको चेक बाउन्स भएको छ । चेक बाउन्स भएपछि भुक्तानी हुन सकेको छैन । 
यसरी चेकमार्फत भुक्तानी लिँदा बाउन्स हुन थालेपछि भुक्तानीको माध्यम नै परिवर्तनको आवश्यकता देखिएको महालेखाका अधिकारी बताउँछन् । 

चार वर्षमा चेक बाउन्समा नौ हजार ६ सय पक्राउ 
चेक बाउन्ससम्बन्धी मुद्दा देशभरि बढ्दै गएको प्रहरी तथ्यांक छ । पछिल्लो चार वर्षमा चेक बाउन्स मुद्दामा नौ हजार ६ सय २५ जना पक्राउ परेका छन् । विगतमा प्रहरीले कहिलेकाहीँ मात्र चेक बाउन्ससम्बन्धी उजुरी लिने गर्थ्यो ।

तीन वर्षअघिदेखि सबै किसिमका उजुरी लिन थालेपछि मुद्दा बढेको हो । आर्थिक वर्ष ०७४/७५ मा चेक बाउन्ससम्बन्धी जम्मा सात सय ७६ जाहेरी परेका थिए । ०७५/७६ मा तीन गुणा बढेर तीन हजार एक सय ६७ पुग्यो ।

आर्थिक वर्ष ०७६/७७ मा तीन हजार तीन सय मुद्दा दायर भएकोमा ०७७/७८ मा दुई हजार तीन सय ७३ मुद्दा दायर भएका छन् । चेक बाउन्ससम्बन्धी अपराधमा बिगो तिराएर बिगोबराबर जरिवाना हुने गरेको छ । 

ad
ad