१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तोकिएकै मितिमा महाधिवेशन हुने पक्का भयो : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:५२:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले बताएका हुन् । शुक्रबार पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको थियो।

४७ जिल्लाका क्रियाशील सदस्यहरूको सूची तयार भएर खामबन्दी भइसकेको र निर्वाचन प्रतिनिधिहरू पनि खटिइसकेकाले महाधिवेशन समयमै हुने उनले बताए।

'४७ जिल्लाको क्रियाशील सदस्यताको सूची तयार भएर खामबन्दी भइसक्यो । त्यहीअनुसार निर्वाचन प्रतिनिधिहरू पनि खटिइसकेको अवस्था छ। हिजो सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पनि सहमति भएको छ। वडा अधिवेशन १८ गते हुने गरी महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो । बाँकी जिल्लाहरूको विवाद क्रमिक रूपमा सल्टाउँदै अगाडि बढ्ने गरी सहमति भएको छ,' पौडेलले नयाँ पत्रिकासँग भने ।

ad
ad